काठमाडौं । विसं २०७१ सालमा साथीलाई ईंटा प्रहार गरी हत्या गरेर फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ काफ्लेटोल घर भई ललितपुरको कुमारीपाटी बस्ने ५४ वर्षीय भिमे सार्की रहेका छन् ।
गत २०७१ साल चैत १ गते धोविखोलास्थित सिम्रिक पुलमुनी एक व्यक्तिको शव फेला परेकोमा सो शव दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१० स्थायी घर भइ काठमाडौंको थापागाउँ बस्ने द्रोणबहादुर सेनको रहेको पुष्टि भएको थियो ।
अनुसन्धानका क्रममा अभियुक्त भिमे सार्कीले मृतक सेनलाई ईंटाले टाउकोमा हानेर हत्या गरेको खुलेको थियो । काठमाडौंमा लुकिछिपी बसेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सार्कीलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय वृत बानेश्वरमा पठाएको छ ।
प्रतिक्रिया