देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद विघटन मुद्दामा बहस सकियो, फैसला ११ गतेपछि आउन सक्ने

देशान्तर


काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

फैसलाबारे जबराले भने,’ त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, र१२ गते जति पनि जान सक्छ ।’