पाकिस्तानको केटु हिमालको आरोहण्ढामा गएका तीन हिमाल आरोहीको मृत्यु भएको छ ।
यही महिनाको सुरुमा विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका पाकिस्तनी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलिका जुहाल पाब्लो मोहरको मृत्यु भएको हो ।
संसारकै सबैभन्दा खतरनाक मानिएको केटू हिमाल आरोहणका क्रममा ती नागरिक यही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएको त्यहाँको सरकारले जनाएको छ ।
खराब मौसम र लगातार हिमपात भइरहेका कारण हराइरहेकाहरुको खोजीकार्यमा समस्या भएको पाकिस्तानी मौसम विभागका अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उनीहरुले अत्याधिक चिसो मौसम भएकाले लामो समयसम्म कुनै जीव बाँच्न सक्ने अवस्था नरहेकाले हराइरहेकाहरु जिवितै फेला पर्ने सम्भावना नरहेको जनाएका हुन् ।
यता ग्याल्टन बालिस्तान प्रान्तका एक मन्त्रीले भने हराइरहेकाहरुको खोजी कार्यलाई जारी राख्नुपर्ने बताएका छन् । ती आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।
यसअघि १० जना नेपाली पर्वतारोहीको टोलीले गत माघ ३ गते एकैसाथ केटू हिमालको सफल आरोहण गरेका थिए । सन् २००८ मा सो हिमाल आरोहणका क्रममा एकै दिन ११ आरोहीको मृत्यु भएको थियो ।
प्रतिक्रिया