काठमाडौं । चौधरी गु्रप बागमती प्रदेश प्रादेशीक कार्यालयले आफ्नो सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत रक्तदान कार्यक्रम संचालन गरेको छ । गत माघ ३० गते ललितपुरको सानेपा स्थित गु्रपको केन्द्रिय कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा नबिल बैंक, युनाइटेड इन्स्युरेन्स, युनाइटेड फाइनान्सको पनि सहकार्य रहेको थियो ।
कोभिड –१९ संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम संचालन गरिएको ग्रुपले जनाएको छ । उक्त कार्यक्रममा ग्रुप अन्तर्गतका विभिन्न कम्पनीमा कार्यरत ७६ कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा लाइफ बैंक तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया