काठमाडौं – नेप्से आज पनि बढेको छ । आज बुधबार नेप्से नौ दसमलव ९४ अंकले बढेर २६ सय ११ दसमलव ४५ अंकमा बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव ४७ अंकले बढेर चार सय ७५ बिन्दुमा चढेको छ । आज दुई सय तीन वटा कम्पनीहरुको ७६ हजार सात सय ३० पटकको कारोवारमा एक करोड ७६ लाख ८८ हजार दुई सय ७१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब तीन करोड ५५ लाख १० हजार आठ सय ४४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर हरियो भएको छ भने सात वटा समुहको सुचक घटेर रातो भएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दसमलव ७७ अंकले बढेर १९ सय १३ दसमलनव २९ बिन्दुमा चढेकोमा बिकास बैंक, ट्रेडिङ, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।
जलबिद्युत समुहको सुचक भने आज १४ दसमलव ४४ अंकले घटेर १९ सय २२ दसमलव ४५ बिन्दुमा झर्दा लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुलक समुहको सुचकहरु पनि घटेकाछन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव दसमलव ९६ प्रतिसतले बढेर चार सय ९७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सनराईज फष्र्ट म्यचुअल फण्डको प्रतियुनिट सेयर मुल्य भने चार दसमलव ५३ प्रतिसतले घटेर ११ दसमलव ८० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता चार सय ९७ रुपैयाँ अन्तिम मुल्यमा ६९ करोड ४३ लाख ६१ हजार एक सय १९ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया