देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माल्दिभ्समा कोरोनाविरुद्धको खोप घरघरमै पुगेर दिइने

देशान्तर

माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ । कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।

लक्षित समुदायलाई मोबाइल खोप सेवा उपलब्ध गराउन लागिएको माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए), माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले पुष्टि गरेका छन् । सरकारको अभियानलाई सफल पार्न र खोप लगाउन नागरिकलाई आवश्यक जानकारी दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

खोप लगाएपछि हुने सम्भावित समस्यालाई ध्यानमा राखेर एम्बुलेन्समार्फत आकस्मिक सेवा समेत दिने गरी तयारी गरिएको खबरमा उल्लेख छ ।

माल्दिभ्समा फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सुरु भएको हो । माल्दिभ्समा अहिलेसम्म प्राथमिकतामा परेका ४३ हजार ८ सय १७ जनाले खोप लगाएका छन् । खोप लगाएका धेरैजसो राजधानी माले तथा अन्य सहरी क्षेत्रका रहेका छन्