बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनकै विद्यालयका साथी पक्राउ परेका छन् ।
भागरथी अध्ययनरत सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बताइएको छ । उनलाई प्रहरीले सार्वजनिक गर्दैछ ।
उनको गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बलात्कारपछि हत्या गरिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।
घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक सरकारी कर्मचारीलाई समेत पक्राउ गरिएको थियो ।
प्रतिक्रिया