काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।
आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ । प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए ।
यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए ।
उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।
नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे
प्रतिक्रिया