काठमाडौँ – विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मी एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् । यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।
प्रतिक्रिया