देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केरुङ नाका सहज बनाउन कांग्रेसको माग

देशान्तर

काठमाडौं । केरुङ नाकाबाट आयात – निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात – सहज बनाउने पहल गर्न सरकारसँग माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै व्यवसायी मर्कामा परेको र राजश्व संकलनमा पनि असर परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।