काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्।
शनिबार प्रधानमन्त्री ओलीले करिब ३ अर्ब ५२ करोड लगानीमा बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको यो आयोजनाको निर्माण आउँदो फागनु १ गते सक्ने आयोजकले लक्ष्य लिएको छ।
प्रधानमन्त्री ओलीले कोरोनाको महामारीका कारण पर्यटन क्षेत्र संकटमा परेको भन्दै यसप्रकारका आयोजनाले पर्यटन क्षेत्र विकासमा सहयोग पु¥याउने बताए। सरकारले रुपन्देही र पाल्पाअन्तर्गत पर्ने ६।७ हेक्टर बन क्षेत्रको प्रयोगका लागि स्वीकृति दिइसकेको छ।
केबलकार करिब ३ किलोमिटरको हुनेछ। केबलकारको अन्तिम स्टेसन पाल्पाको बसन्तपुरमा पाँचतारे होटलसमेत निर्माण हुने बताइएको छ ।
प्रतिक्रिया