देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कखराले न्यू नर्मल फन डे मनायो

देशान्तर

भक्तपुर । खुला चउरमा साथीहरुसँग दौडदै, खेल्दै, उफ्रँदै र रमाउँदै अध्ययन गर्ने बानी परेका बालबालिका कोभिड १९ माहामारीका कारण लामो समयसम्म घर/कोठमा कैद हुनुपर्दा बलाबालिकामा उत्पन्न नैरास्यताबाट छुटकारा दिलाई माहामारीबाट सृजित नयाँ खाले परिवेश (न्यू नर्मल)मा पनि बाल सिकाई, खेलकुद, खानपान र मनोरञ्जनको प्रभावकारी वातावरण दिन सकिन्छ भन्नेको कुराको सन्देश समुदाय समक्ष पुर्‍याउने उद्देश्यले कखराले शनिबार ‘न्यू नर्मल फन डे’ को आयोजना गरेको छ । कखरा परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारले तोके बमोजिमका स्वास्थ्य तथा सुरक्षा प्रोटोकोलको पालना गरी बाल शिक्षा, खेलकुद, मनोरञ्जन र खानाका परिकारसँग सम्बन्धित विभिन्न इस्टलहरु राखिएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्ने क्रममा विद्यालय प्रिन्सिपल निशा न्यौपाने घिमिरेले माहामारीबाट सृजित नयाँ परिवेशबाट मुक्त भई पूर्वत्तर सामन्य परिवेश कहिले कायम हुन्छ भन्ने कुरा अझै अनुमान गर्न नसकिरहेको वर्तमान समयमा सरकारले तोकेका स्वास्थ्य, सुरक्षा उपायको अनुशरण गर्दै बाल सिकाई र विकासलाई अघि बढाउनु बाहेकको विकल्प नरहेको हुँदा नयाँ परिवेशमा विद्यालयले अपनाउने पद्दतीमा बालबालिकालाई विस्तारै डोर्‍याउन आवश्यक भएकाले विद्यालयले यस किसिमको कार्यक्रमको आयोजना गरेको बताइन् । विद्यालयका प्रबन्ध संचालक उमानाथ निरौलाले माहामारीबाट सृजित नयाँ परिवेश र त्यसबाट उत्पन्न चुनौतिप्रति अभ्यस्त हुनमा कार्यक्रमले बालबालिकालाई मात्र नभई अभिभाभवकहरुलाई समेत सघाउ पुग्ने अपेक्षा गरे ।

फन डेमा कखरामा अध्ययनरत लगायत १० वर्ष मुनिका बालबालिका, तिनका अभिभावक, आफन्त र छिमेकीको उत्साहजनक सहभागिता थियो ।