काठमाडौँ । किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार काठमाडौँमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुस प्रदर्शन गर्दै हत्यारालाइ छिटो पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?, कहिलेसम्म योनीमा मृत्यु बोकेर हिँड्ने ? लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
माइतीघरमा पुगेर विद्यार्थीहरुले नाराबाजी गर्दै विभिन्न नाटक पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया