देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रवादीहरु लाई प्रतिनिधि सभा विघटनको विरोधमा एक ठाउँमा आउन डा. केसीको आग्रह

देशान्तर

काठमाडौ । सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउनुपर्ने बताएका छन्।

शुक्रबार माइतीघर मण्डलामा गरिएको नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको बताए।

उनले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले त्यसलाई खोसेको बताए। उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए।