काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । हिलो खेलमा दिउँसो १२ बजे उदयपुरकाे चौदण्डीगढी नगरपालिका र स्याङ्जाकाे वालिङ नगरपालिका खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् । यो खेल एन्फा कम्प्लेक्समा नै दिउँसो ३ बजे हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोल अन्तरले हराएको थियो ।
एपीएफको लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन । यस्तै कप्तान अनिता बस्नेतले दुई गोल गरिन् । एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ ।
प्रतिक्रिया