काठमाडौँ । बलात्कारका घटना भइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ । बुधबार एक अपिल जारी गर्दै माघ ३० गते शुक्रबार मार्सपास गर्ने जानकारी गराएको हो ।
‘हामी सडकबाट चुनौती दिन्छौं- एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन’ अपिलमा भनिएको छ ‘यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं ?’
मोहना अन्सारी, प्रणेता, कैलाश राई, अर्चना थापा, प्रणिका कोयू, दोभान राई, रिता साह, प्रकृति भट्टराई बस्नेत, रिता परियारद्वारा जारी अपिलमा भनिएको छ ‘मैना सुनुवारदेखि निर्मला पन्त, अंगिरा पासीदेखि भागरथी भट्टसम्म- यो सिलसिला अब सधैँका लागि बन्द हुनुहुनपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’
प्रतिक्रिया