देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि ३–२ गोल अन्तरले जित दर्ता गरेको छ । बेटिसकै मैदानमा बार्सिलोनाले पुनरागमन जित दर्ता गर्दै २१ खेलबाट ४३ अंक बनाउँदै ला लिगाको तालिकामो दोस्रो स्थानमा उक्लिन पनि सफल भयो ।

शीर्ष स्थानमा रहेका एथलेटिको मड्रिडको ५० अंक छ भने उसले १९ खेल मात्रै खेलेको छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ४३ अंक भए पनि बार्सिलोना भन्दा गोल अन्तरका आधारमा पछि छ ।

रियल बेटिसकै मैदानमा पुनरागमन जित दर्ता गर्दा बार्सिलोनका लागि लियोनल मेस्सी र फ्रान्सिक्सको टिन्काओले एक एक गोल गर्दा एक गोल भने रियल बेटिसले नै उपहार दिएको थियो ।
३८ औं मिनेटमा बेटिसका बोर्जा इग्लिसियसले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा बेटिसले लिएको अग्रता दोस्रो हाफमा भने जोगाउन असफल रह्यो । मेस्सीले ५९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । ६८ औं मिनेटमा बेटिसका भिक्टर रुइजले आत्मघाति गोल गरेपछि बार्सिलोना २–१ गोलले अघि बढेको थियो ।

७५ औं मिनेटमा रुइजले नै बार्सिलोनाविरुद्ध गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

८७ औं मिनेटमा बार्सिलोनाका फ्रान्सिक्सको टिन्काओले गोल गरेपछि क्याटलान क्लब ३–२ गोलको जित दर्ता गर्न सफल भयो । पराजित भएको रियल बेटिस ३० अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

ला लिगाका अन्य खेलमा ओसासुनाले इबारमाथि २–१ गोल अन्तरको जित दर्ता गर्दा एथ्लेटिक क्लब र भ्यालेन्सियाले एक एक गोलको बराबरी खेलको छन् । यसैगरी रियल सोसिडाडले कार्डिजमाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको छ ।