मेक्सिकोको टाइगर्स फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहोमा आइतबार राति भएको सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलको पाल्मीरासमाथि १–० गोलको जित निकाल्दै मेक्सिकोको टाइगर्स फिफा क्लब विश्वकपको फाइनलमा पुगेको हो ।
क्लब विश्वकपको फाइनलमा मेक्सिकोका क्लब पुगेको यो पहिलोपल्ट हो । त्यतिमात्र होइन उत्तर, मध्य र क्यारेवियन क्षेत्रसमेतको कनकाफबाट क्लब विश्वकपको फाइनलमा पुगेको यो पहिलोपटक हो ।
३५ वर्षीय फ्रान्सेली स्ट्राइकर आन्द्रे पियर्रे जिग्नाकले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै टाइगर्सको जितमा निर्णायक बन्यो ।
३५ वर्षीय जिग्नाकले प्रतियोगितामा ३ गोल गरेका छन् ।
टाइगर्सले फाइनलमा युरोपेली च्याम्पियन बायर्न म्युनिख र अफ्रिकी च्याम्पियन जिप्टको अल अलीबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल सोमबार राति हुँदै छ ।
प्रतिक्रिया