तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरोले टाउकोमा हानेर श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय नरबहादुर लिम्बूले आइतबार बिहान ११ बजे बञ्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती मइतरानी लिम्बूको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा मइतरानीको शव घर नजिर्कको बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सामान्य घरायसी विवादमा बारीमा काम गरिरहेको अवस्थामा नरबहादुरले आफ्नी श्रीमतीलाई एक्कासी बञ्चरो प्रहार गरेको मृतकको भतिज विवश लिम्बूले बताए ।
लिम्बूलाई प्रकाउ गरेको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए । नरबहादुरले गाउँबाट मादक पदार्थ सेवन गरी घर आएर श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया