काठमाडौँ – नवीन रुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । शिव सुवेदी युट्युब च्यानलबाट आएको गीतले बजारमा आउनासाथ स्रोतारदर्शकको मन जित्न सफल भएको छ । गीतले केही दिनमै दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ ।
गीतमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिएका छन् । गीतमा डा शिव सुवेदीका शब्द र सङ्गीत छन् भने सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका छन् । भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङले अभिनय गरेका छन् ।
प्रतिक्रिया