काठमाडौं – नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज आईतबार नेप्से एकै दिन ४८ दसमलव ७४ अंकले बढेर २५ सय २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव तीन अंकले बढेर चार सय ५९ दसमलव ३२ अंकमा पुगेपश्चात नेप्सेले नयाँ रेर्कड कायम गरेको हो ।
आज दुुई सय दुुई वटा कम्पनीहरुको ८७ हजार छ सय ७० पटकको कारोवारमा एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम १० अर्ब ४४ करोड १९ लाख ५१ हजार तीन सय चार रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको हुुंदा बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् । ति मध्ये निर्जिवन बीमा समुहको सुचक चार सय ९० दसमलव तीन अंकले बढेर १३ हजार पाँच सय १४ दसमलव ८५ अंकमा पुग्दा जलबिद्युुत, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गणपती लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव २७ प्रतिसतले घटेर दुुई सय ९९ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता ४८ सय १४ रुपैयाँ अन्तिम मुल्यमा ५३ करोड १७ लाख ४९ हजार सात सय ९७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया