देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माइतीघर मण्डलामा स्वतन्त्र नागरिकहरूको प्रदर्शन

देशान्तर

काठमाडौं । डा गोविन्द केसीसहित आज पनि माइतीघर मण्डलामा स्वतन्त्र नागरिकहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा डा केसीको नेतृत्वमा आज मध्यान्ह १२ बजे शान्तिपूर्ण प्रदर्शन भएको हो।

प्रतिनिधिसभालाई विघटन असंवैधानिक रहेको र संविधानवादको रक्षा गर्न प्रदर्शन गरिएको प्रदर्शनमा सहभागीले बताएका छन्। प्रदर्शननमा प्रतिनिधिसभा मार्न पाइँदैन निरंकुश सरकार चाहिँदैन जस्ता नारा र पम्पलेट छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद्‌ विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि उनी इतरका पक्षले आन्दोलन गरिरहँदा नागरिक अभियान्तहरु पनि सो कदमको विरोधमा उत्रिएका छन्।