यमनमा जारी युद्धमा यसअघि गर्दै आएको सहायताबाट अमेरिका पछि हट्ने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले साउदी अरेबियाको नेतृत्वमा भइरहेका आक्रामक कारबाहीलाई दिइँदै आएको अमेरिकी समर्थन र हतियारको विक्री आफ्नो प्रशासनले रोक्ने घोषणा गरेका हुन् ।
द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बाइडनले बताएका छन् । साउदी अरेबियको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी रहने उनको भनाइ छ ।
बाइडनअघि दुई राष्ट्रपतिको कार्यकालमा अमेरिकाले यमनमा विद्रोहीविरुद्ध साऊदी अरबको नेतृत्व रहेको गठबन्धनका समर्थन गरेका थिए ।
यो संघर्षले यमनमा लाखौँ मानिसहरु भोकमरीको शिकार भएका छन् । यमनमा पछिल्लो ६ वर्षदेखि युद्ध जारी छ । यमन युद्धमा एक लाख १० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया