देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१ लाख ४५ हजार बढी फ्रन्टलाइनरले लगाए कोरोना खोप

देशान्तर

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानको आठ दिनसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल एक लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।