देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सय बर्षीय बेलायती पूर्व सैनिक टम माेर रहेनन्

देशान्तर

द्वितीय विश्व युद्धमा होमिएका एक सय वर्षीय बेलायती पूर्व सैनिक टम मोरको कोरोनाबाट निधन भएको छ । उनलाई कोरोना लागे पछि अस्पताल भर्ना गरिएको थियो ।

सामाजिक संजाल ट्विटरबाट उनको परिवारले उक्त जानकारी गराएको समाचार व्लुमबर्गले प्रकाशित गरेको छ । उनले गत वर्ष अप्रिल महिनामा १०० बर्ष लागेकोमा १०० सय पाइला हिंड्दै बेलायती राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई ४५ मिलियन डलर रकम जुटाएका थिए ।

उनले आफ्नै बगैचामा हिडेर त्यत्रो धनराशी सङ्कलन गरेका थिए । उनलाई आइतबार कोभिड–१९ को कारण अस्पताल भर्ना गरिएको उनकी सुपुत्रीले जनाएकी थिइन् ।

क्याप्टेन टम मोरको केही हप्ता अगाडी न्युमोनियाको उपचार गरिएको थियो । गत हप्ता उनलाई कोरोनाको परीक्षण गराउदा संक्रमण भएको परिणाम आएको थियो ।

उनकी छोरी हन्नाह इन ग्राम मोरले ट्वीटरमा पितालाई बेडफोर्ड अस्पतालमा श्वास प्रश्वासको लागि अतिरिक्तसहायताको लागि भर्ना गरिएको उल्लेख गरेकी थिइन् ।

तर उनले सघन कक्षमा हैन है भन्ने जानकारी दिएकी थिइन् । “उनले गत केही हप्तामा प्राप्त गरेको स्वास्थ्य सेवा उल्लेखनीय छ र हामीलाई थाहा छ कि बेडफोर्ड अस्पतालका अद्भुत स्वास्थ्यकर्मीले उनलाई सहज बनाउन यथासक्य गर्नेछन् र आशा छ कि जति सक्दो बाबा चाँडो घर फर्कन सक्नु हुनेछ,” उनले ट्विटरमा लेखेकी थिइन् ।