काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोध गरेका छन् ।
तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् ।
सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै उनले भने, ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो ।
अधिकार प्राप्त निकायबाट आएको पत्र दुवै सदनको सम्पत्ति भएको भन्दै उनले पत्र फिर्तासम्बन्धी ‘गलत प्रक्रिया’मा राष्ट्रियसभा संलग्न नरहेको समेत बताएका छन् ।
प्रतिक्रिया