काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको सर्वोच्च अदालतमा बहस सुरु भएको छ । महान्यायाधीवक्ता अग्नि खरेलले बहस सुरु गरेका हुन् ।
आजबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन व्यवसायीको बहस सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन ९शनिबार बाहेक० दिनसम्म बहस गरेका थिए ।
यही माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस सुरू गरिएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाइ विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।
प्रतिक्रिया