इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडमाथि लिभरपुलले ३–१ गोल अन्तरको जित दिर्ता गर्दै लिभरपुल प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा छ ।
तालिकामा ४० अंक भएको लिभपुर तेस्रो स्थानमा रहँदा ४१ अंक भएको म्यानचेस्टर युनाइटेड दोस्रो तथा ४४ अंक भएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
वेस्टह्यामको मैदानमा लिभरपुललाई जिताउन मोहमद सलाहले दुई गोल गर्दा जर्जिनियो बिजाल्डमले एक गोल थपेका थिए ।
वेस्टह्यामका लागि कारिग डसनले एक गोल फर्काएका थिए ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले ५७ औं मिनेटमा सलाहको गोलमार्फत अग्रता लिएको थियो । त्यसैगरी ६८ औं मिनेटमा सलानहले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए ।
८४ औं मिनेटमा विजाल्डमले व्यक्तिगत पहिलो गोल गर्दा लिभरपुल ३–० ले अघि बढेको थियो । तर, ८७ औं मिनेटमा वेस्टह्यामका डसनले एक गोल फर्काए पनि हार भने टार्न सकेनन् । आइतबार रातिको नतिजासँगै पराजित भएको वेस्टह्याम ३५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।
प्रतिक्रिया