काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ । नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने र ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्नेछ ।
सेनाले नियमित अभ्यास भएको जनाए पनि माघ १९ नै किन रोजेको हो ? भन्ने चहि केही जनाएको छैन । नेपाली राजनीतिमा माघ १९ लाई कालो दिनको रुपमा लिइन्छ । तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको घोषणा गरेका थिए।
जसलाई राजा ज्ञानेन्द्रको २०६१ माघ १९को शाही घोषणा को नामले चिनिन्छ। यस घोषणामा उनले राज्यको राजकीय तथा शासकीय सत्ता आफ्नो हातमा रहेको दावी गरेका थिए।
प्रतिक्रिया