काठमाडौं । कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका अनुसार कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ११ः३७ बजे मृत्यु भएको हो । उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया