काठमाडौं । नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ ।
सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको सडकमा प्रदर्शन गर्ने भएको हो । सो समूहको बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा जनसभाको तयारी गरेको छ ।
काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।
कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया