देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको मृत्यु , १५ जनाभन्दा धेरै घाइते

देशान्तर

काठमाण्डौ । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।

मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुईरदुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।