देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा १५७ संक्रमित थपिए, ३३३ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार २ सय २१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६४ हजार ८१ पुगेको छ। शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २५ पुगेको छ। हाल १ सय ११ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल १ सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

१ सय ४७ जना आइसियु र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्।