काठमाडौँ । एभरेष्ट बैंकद्वारा निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको छ ।
उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा यस एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध हुँदै आएका छन् ।
उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका हुन् ।
आरोहण दलमा पुर्जाको नेतृत्वमा मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको टोलीले रहेको थियो ।
उनीहरुले यहि माघ ३ गते शनिबार कम्तीमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा १ सय किलोमिटर गतिको हावालाई सामना गर्दै उनीहरुले कटू हिमालको सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया