काठमाडौँ – बलिवुडकी अभिनेत्री तापसी पन्नु ब्याट सम्हाल्दै पर्दामा देखिने भएकी छिन् । तापसी पन्नुको आउँदो चलचित्र, भारतीय महिला क्रिकेट टिमको क्याप्टेन मिताली राजको जीवनीमा आधारित रहेको छ । तापसी अहिले निर्देशक राजकुमार हीरानीको शाहरुख खान अभिनित चलचित्रको लागि चर्चामा आएकी छिन् । तापसी अहिले लगातार चलचित्रको छायांकन गर्दै छिन् । उनले एउटा चलचित्रको छायांकन सकिनुभन्दा पहिला अर्को चलचित्रमा काम गर्न शुरुवात गरेकी छिन् ।
तापसीले आफ्नो आउँदो चलचित्र लूप लपेटाु मा काम गर्दै थिइन् तर उनले बीचमा नै अर्को चलचित्र शाबास मिट्ठूु को भूमिकामा ढल्नको लागि तयारी शुरुवात गरेकी छिन् । तापसी पन्नुले आफ्नो सामाजिक संजालमा एउटा तस्वीर सार्वजनिक गरेकी छिन् जसमा उनी क्रिकेटको ब्याट समातेर निकै गम्भीर मुद्रामा देखिएकी छिन् ।
तस्वीरको क्याप्सनमा उनले लेखेकी छिन्, अब मैले बल र ब्याटसंग रोमान्स गर्न शुरु गरेकी छु, बाटो निकै लामो छ तर शुरुवात राम्रो भएको छ र लगभग आधा काम भइसकेको छ । यो कथा एउटा महिला क्रिकेट टिमको क्याप्टेन मिताली र उनको सबै टिमको लागि हुनेछ ।
तापसीले उक्त चलचित्रको भूमिकामा ढल्नको लागि क्रिकेटको प्रशिक्षण लिन थालेकी छिन् । तर उनले भनिन्, म यस खेलको केवल शोखको रुपमा लिएकी थिए कहिले खेलको थिइन त्यसैले यो मेरो लागि ठुलो चुनौतीको रुपमा रहेको छ । तर म पुरै प्रयास गर्नेछु, मलाई थोरै दवाव अनुभव भइरहेको छ तर यो सामान्य चिज हो । उनले कोच नूशिन अल खदीरबाट प्रशिक्षण लिइरहेकी छिन् । तर चलचित्रको छायांकन अझै बाकी छ ।
प्रतिक्रिया