देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समयमै खोप उपलब्ध नगराएपछि एस्ट्राजेनिकाबीचको गोप्य सम्झौता सार्वजनिक गर्ने ईयूको चेतावनी

देशान्तर

 युरोपेली संघ ‘ईयू’ले औषधि कम्पनी एस्ट्राजेनिकालाई बेलायतमा रहेको उत्पादन केन्द्रबाट कोरोना विरुद्धको खोपको थप मात्रा उपलब्ध गराउन माग गरेको छ ।

पूर्व प्रतिबद्धता अनुसार यो वर्षको पहिलो त्रैमासिकमा केही मात्रा मात्रै खोप उपलब्ध गराउनसक्ने एस्ट्राजेनिकाले निर्णय गरेपछि ईयूले यस्तो माग राखेको हो ।

कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आएका कारण खोप उपलब्ध गराउन नसकेको जनाएको छ । ईयूले त्यस्तो अभावलाई अन्यत्रको उत्पादनले नै भए पनि पूर्ति गर्नुपर्ने बताएको छ ।

खोप दिने काममा ढिलासुस्ती भैरहेको भन्दै युरोपमा इयुको आलोचना भैरहेको छ । खोप उपलब्ध नगराएपछि एस्ट्राजेनिकाबीचको गोप्य सम्झौता सार्वजनिक गर्ने चेतावनी ईयूले दिएको छ । जनवरी र मार्चका लागि ईयूले यसअघि सम्झौता गरेभन्दा साठी प्रतिशत कम डोज खोप पाउने बताइएको छ ।

नेदरल्याण्ड्स र बेल्जियमका उत्पादन केन्द्रमा समस्या आएको भन्दै सो कम्पनीले आफूहरू ’दुई महिना ढिलो’ हुने जनाएको हो । एस्ट्राजेनिकाको खोपलाई शुक्रवार इयूको औषधी नियामकले अनुमति दिने तयारी गरेको छ ।

ईयूले गत अगस्टमा एस्ट्राजेनिकासँग ३० करोड मात्रा खोपको लागि एउटा सम्झौता गरेको थियो । जसमा सम्भव भए थप १० करोड डोज उपलब्ध गराउने विषय समेत समेटिएको छ ।

इटलीले ढिलासुस्तीको यस विषयलाई लिएर कानूनी उपचारमा जाने चेतावनी दिएको छ । ईयूसँग ठूलो खोपको सम्झौता गरेको फाइजर र बायोएनटेकले समेत ढिलासुस्ती गरिरहेको छ । यो वर्षको अन्त्यसम्ममा उसले साढे १२ करोड मात्रा खोप उत्पादनमा सघाउने जनाएको छ ।