देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पविरूद्धको महाअभियोग सिनेटमा

देशान्तर

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पुगेको छ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भइसकेको उक्त प्रस्ताव सोमबार माथिल्लो सदनमा पठाइएको हो।

जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग ल्याइएको हो। सिनेटमा महाअभियोगको प्रस्तावमा फेब्रुअरी ९ देखि छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि दुई पार्टीहरूले सिनेटमा ट्रम्पविरूद्धको महाअभियोगमा दुई सातापछिमात्र छलफल गर्ने सहमति भएको थियो। राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन्।

बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव आउने ट्रम्प पहिलो राष्ट्रपति हुन्।