देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सडक मानवमुक्त भएको दावी प्रधानमन्त्री ओलीको दावी

देशान्तर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सडक मानवमुक्त भएको दावी गरेका छन्।
आइतबार राष्ट्रिय सभागृहमा भएको अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यकममा बोल्दै प्रधानमन्त्री ओलीले सडक सहयोगापेक्षी मानवहरुलाई सरकारले खोजी–खोजी उद्दार गरिरहेको दावी गरेका हुन्।

मानव सेवा आश्रम लगायतका सामाजिक संस्थाहरुसँगको सहकार्यमा सरकारले सडकबाट असहाय, अशक्त तथा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिहरुको सरकारले रेखदेख गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले लेखक झमक घिमिरेको उदाहरण दिँदै अशक्तता भएकाहरुले पनि देशका लागि धेरै योगदान गर्न सक्ने बताए।