देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाभाल्नी पक्राउको विरोधमा सहभागी हजारौं समर्थक नियन्त्रणमा

देशान्तर

 रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब ३ हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजधानी मस्कोमा प्रहरीले प्रदर्शनकारीलाई पिट्दै घिसारेर नियन्त्रणमा लिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको जनाइएको छ । प्रदर्शन अघि प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको थियो भने नाभाल्नीका नजिकका सहयोगीहरूलाई प्रदर्शन अघिनै पक्राउ गरिएको थियो ।

गत आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका नाभाल्नीलाई विमानस्थलमा पक्राउ गरेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेका थिए । नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर कडा आलोचक मानिन्छन् ।

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए । तर आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विष दिइएको थियो । महिनौंको उपचारपछि मस्को फर्किएका नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।