देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्पलाई महाअभियोगको सामाना गर्न दुई साताको तयारी

देशान्तर

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ । महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन डेमोक्र्याटले सहमति जनाएका हुन् ।

डेमोक्याट र रिपब्लिकनबीच भएको सहमतिपछि कम्तीमा आउँदो महिना (फेब्रुअरी ८) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु हुने छैन । तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी गरेकी छन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजा अस्वीकार गरेका ट्रम्पले समर्थकलाई उक्साएर जनवरी ६ मा राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गराएको अभियोग लगाइएको छ । ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको थियो ।जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेको छ ।