देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्प गएपछि बोले डा. फाउची – अहिले स्वतन्त्र महसुस गर्दैछु

देशान्तर

काठमाडौँ । अमेरिकाका चर्चित भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफुले अहिले स्वतन्त्र महसुस गरिरहेको बताएका छन् । राष्ट्रपति जो बाइडेनलाई ह्वाइटहाउसमा भेटेपछि प्रतिक्रिया दिदै डा. फाउचीले अहिले आफुले स्वतन्त्र महसुस गरेको र राष्ट्रपति बाइडेनसँग सहज महसुस भएको टिप्पणी गरेका छन् ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि केहि महिनादेखि डा. फाउची ट्रम्पसँग टाढिएका थिए । उनले भने, ‘साच्चै भन्दा राष्ट्रपतिसँग विचार नमिल्दा मलाई साच्चै राम्रो लागिरहेको थिएन । कम्तिमा अहिले आफुले बुझेको र प्रमाणित कुरा गर्न पाइन्छ र वैज्ञानिक रुपमा प्रमाणित कुरालाई कार्यान्वयन गर्ने विषयमा राष्ट्रपति बाइडेनसँग कुरा मिल्छ ।’

८० बर्षिय डा. फाउचीले अमेरिकाका साता राष्ट्रपतिसँग काम गरिसकेका छन् । तर तत्कालिन राष्ट्रपति ट्रम्पले डा. फाउचीसँग कोरोना भाइरस बारे धेरै विषयमा असहमति व्यक्त गर्दै उनलाई किनारा गरेका थिए ।

अहिले बाइडेनले आफ्नो कार्यकाल शुरु गर्नासाथ डा. फाउचीलाई विश्व स्वास्थ्य संगठनमा ट्रम्पको निर्णय उल्टाउदै अमेरिका फेरी सदस्य बन्ने प्रक्रियाको प्रतिनिधि बनाएका छन् । उनले राष्ट्रपति बाइडेनले पारदर्शिता, खुल्ला र इमान्दार ढंगले काम गर्ने प्रतिबद्धता गरेको भन्दै गल्ति भएमा कसैलाई दोष लगाउने नभएर त्यसलाई वैज्ञानिक प्रमाणका आधारमा सुधार्ने बताए ।

साथै डा. फाउचीले बाइडेन प्रशासनको बारेमा बोल्दै कम्तिमा यो प्रशासन आफुलाई कुनै कुरा थाहा छैन भने अनुमान नगर, मलाई उत्तर थाहा छैन भन्ने खालको बताए बताए ।