इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । विहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमै लिभरपुल ६९ औं खेलमा पहिलो हार ब्यहोर्न बाध्य बन्यो । लिभरपुलका किपर एलिसन बेकरले फल गरेपछि पाएको पेनाल्टीलाई ८३ औं मिनेटमा एस्ले बार्नेसले गोलमा परिणत गर्दै बर्नलीलाई १–० गोल अन्तरको जित दिलाए ।
यो नतिजासँगै बर्नली १९ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ भने पराजित भएको लिभरपुल चौथो स्थानमा रहेको छ । लिभरपुलको ३४ अंक रहेको छ । विजयी भएको भए लिभरपुल दोस्रो स्थानमा उक्लने थियो ।
प्रतिक्रिया