देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित

देशान्तर

काठमामाडौँ – सशत्र प्रहरी बल (एपीएफ) ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । यो सँगै प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित हात पारेको हो । त्यस्तै मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको गण्डकी प्रदेश लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई-दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो ।

गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए । यो जितसँगै समूह ‘ए’ को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।