देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रातो कार्ड पाएका मेसीलाई दुई खेलको प्रतिबन्ध

देशान्तर

काठमाडौँ । लियोनेल मेसीलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । बार्सिलोनाको आफ्नो क्यारियरमा पहिलो पटक रातो कार्ड पाएका मेसीलाई स्पेनिस फुटबल फेडेरेसनले केबल दुई खेलको प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्धपछि मेसीले अब बार्सिलोनाका कोपा डेल रे को राउण्ड ३२ को कोर्नेलाविरुद्धको खेल र ला लिगाको एइचविरुद्धको खेल गुमाउने भएका छन् । मेसोले मेसीले स्पेनिस सुपरकोपाको फाइनल खेलमा एथलेटिक बिल्बाओविरुद्धको खेलको अन्तिम तिर रातो कार्ड पाएका थिए ।

अतिरिक्त समयमा गएको खेलको १२१ औ मिनेटमा मेसीले बिल्बाओका खेलाडीलाई धक्का दिएर लडाएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । बार्सिलोनाका लागि ७५३औ खेलमा मेसीले पहिलो रातो कार्ड पाएकाले यस को चर्चा अहिले चलिरहेको छ । यो खेल बार्सिलोनाले ३-२ गोल अन्तरले गुमाएको थियो ।

मेसीको फुटबल क्यारियरमा भने यो तेस्रो रेड कार्ड हो । यसअघि अर्जेन्टिनाबाट खेल्दा दुई पटक रातो कार्ड पाएका छन् । मेसीले पहिलो रातो कार्ड डेभ्यु खेलमै मेसीले रातो कार्ड पाएका थिए भने दोस्रो रातो कार्ड सन २०१९ को कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड पाएका थिए ।