स्पेनिस सुपर कपको उपाधि एथ्लेटिक विलबाओले जितेको छ । सोमबार विहान सकिएको फाइन्लमा विलबाओले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गर्दै यो सिजनको पहिलो उपाधि जित्न सफल भयो ।
दुवै हाफमा दुवै दुई दुई गोलको बराबरी भए पछि खेलको नतिजा अतिरिक्त समयमा आएको हो । बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यानले गोल गर्दै ४० औं मिनेटमा अग्रता दिलाएका थिए । ४२ औं मिनोटमा एथ्लेटिकका लागि ओस्कार मार्कसले गोल गर्दै बराबरी गरे ।
यसैगरी ७७ औं मिनेटमा बार्सिलोनका लागि ग्रिजम्यानले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए । ९० औं मिनेटमा एथ्लेटिकका लागि एइसर भिलाब्रेले गोल गरेपछि निर्धारित समय दुई दुई गोलको बराबरीमा सकियो ।
त्यसपछि थपिएको समयको तेस्रो मिनेटमा इन्की विलियम्सले गोल गरेपछि बार्सिलोना सुपर कपको उपाधि जित्नबाट बन्चित बन्न पुग्यो । १२० औं मिनेटमा बार्सिलोनका कप्तान लियोनल मेस्सी रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
प्रतिक्रिया