काठमाण्डु – केपी ओली नेतृत्वको नेकपाले आज काठमाण्डुमा कार्यकर्ता भेला आयोजना गर्दैछ ।
प्रदेश १ का नेता कार्यकर्ताहरुको सहभागीतामा प्रदेश सम्पर्क कमिटीले काठमाण्डुको तिनकुनेथिस्थत रोयल पार्टी प्यालेसमा दिउँसो १ बजे भेलाको आयोजना गरेको हो ।
उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीका साथै भेलालाई देश १ का इन्चार्ज सुवासचन्द्र नेम्वाङ, शहरी विकास मन्त्री एवंम् प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
पुस ५ गते संसद विघटन भएयता नेकपाको दुवै समूहले भेला, आमसभा, बैठक लगायतका कार्यक्रम गर्दै आइरहेका छन् । ओली समूहले प्रतिनिधिसभाको विघटनपछि अब ताजा जनादेशमा जाने भन्दै देशभर प्रशिक्षण र कार्यक्रमलाई तीव्रता दिएको छ भने प्रचण्ड–नेपाल समूह संसद विघटन असंवैधानिक भएको भन्दै देशभर नेता कार्यकर्तालाई आन्दोलनमा उत्रिन निर्देशन दिँदै आएको छ ।
प्रतिक्रिया