देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति

देशान्तर

काठमाडौँ – नेपालमा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले भारतमा बनेको‘कोभिशिल्ड’लाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो ।

विभागले शुक्रबार विभागीय निर्णय गर्दै कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको जानकारी दिएको छ । विभागले भारतमा सिरम इन्स्टिच्युट अफ इण्डियाले अक्फोर्ड एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको खोपलाई अनुमति दिएको हो ।

तुलनात्मक रुपमा यो खोप दुई डोज लगाउदा अन्य खोप भन्दा प्रभावकारी र स्टोर गर्न सजिलो मानिन्छ । यस खोपलाई अन्य खोप सरहनै स्टोर गरेमा हुने बताइएको छ । विभागका अनुसार नेपालमा यो खोप हुकुम डिस्ट्रिब्युटर्सले दर्ता गरेर ल्याउन लागेको हो । नेपालमा प्रयोगको अनुमति दिइएको यो कोरोनाविरुद्धको पहिलो खोप हो ।