काठमाडौं । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम
समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए ।
चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया