देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु

देशान्तर

काठमाडौ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु भएको छ।

सो बैठकमा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्।

नयाँ दिल्लीको हैदरावाद हाउसमा सो बैठक सुरु भएको हो । भारतको तीन–दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहीबार नयाँ दिल्ली पुगेका हुन्।

बैठक सुरु हुनुअघि परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो। त्यसलगत्तै संयुक्त आयोगको बैठक सुरु भएको हो।

दुई मन्त्रीले अध्यक्षता गर्ने सो बैठकमा द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे छलफल हुने कार्यक्रम छ।