काठमाडौ । पूर्व राज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । उनको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको हो ।
कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उनमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनका आफन्त सोहनलाल यादवले मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको जानकारी दिए ।
प्रतिक्रिया